सिताके च्याउ काठको धुलोबाट खेति गर्ने विधि
सिताके
च्याउ
सिताके च्याउलाई मुढामा खोपेर मात्र नभई मुढाको धुलोबाट पनि खेति
गर्न सकिन्छ। यसरी विभिन्न फर्निचरबाट निस्केको काठको धुलोलाई सहि उपयोग गर्ने
माध्यम यो प्रविधि बन्न सक्छ। विशेषगरि कडा जातका काठ छनोट गरि यसबाट निस्केको
धुलोलाई प्रयोग गरेर गरिएको खेति राम्रो मानिन्छ। मलेसियामा खयर जातको काठको
धुलोमा, सिगांपुरमा अोखर जातको काठको धुलोमा र अन्य देशहरुमा स्थानिय स्थरमा पाइने
विभिन्न काठको प्रजातीहरुको धुलो बनाई प्रयोग गर्ने गरेको भेटिएको छ।
नेपालमा पनि यस प्रविधिबाट
खेति गरेको खण्डमा सःमिल तथा फर्निचरबाट निस्केको धुलोको सहिसंग उपयोग भई
स्वरोजगार बन्न सकिने देखिन्छ। अाज थुप्रै युवाहरु बेरोजगारीको कारणले विदेशिनु
परिराखेको अवस्थामा यस विधिबाट गरिएको च्याउ खेति गतिलो अायस्रोतको बाटो बन्न
सक्छ।
काठको
धुलोमा सिताके च्याउ खेति गर्ने विधिहरु
१. काठको छनौट र धुलोको व्यवस्था
सिताके च्याउ खेतिको लागि कडा खाले काठका जातहरु जस्तै उत्तिस, साल,जामुन,सिसौ,कुसुम,कटुस,सौर अादि प्रयोग गरिन्छ। उपयुुक्त काठको छनोट गरिसकेपछि काठको धुलो निकाल्नु पर्छ। यसका लागि सःमिल तथा फर्निचर र अन्य काठ उद्योगमा सम्पर्क गर्न सकिन्छ तर काठको धुलो एकै प्रकारको काठका जातको हुनु जरुरी छ।

२.काठको
धुलोमा प्रदार्थ मिश्रण गर्ने
काठको धुलोमा मात्र खेति गर्दा च्याउ खेति हुन सक्दैन। काठको धुलो धेरै गलेको र सडेको पनि हुनुहुन्न।

उक्त विधिमा पदार्थको मिश्रण
काठको धुलो- ७६ प्रतिशत,
चामलको भुसा -१० प्रतिशत,
गहुको चोकर -१० प्रतिशत,
चुना -२ प्रतिशत,
जिप्सम -२ प्रतिशत,
पानिको मात्रा ६०-७० प्रतिशत
काठको धुलो- ७६ प्रतिशत,
चामलको भुसा -१० प्रतिशत,
गहुको चोकर -१० प्रतिशत,
चुना -२ प्रतिशत,
जिप्सम -२ प्रतिशत,
पानिको मात्रा ६०-७० प्रतिशत
त्यसपछि सबै सामाग्रीहरुलाई मिसाई
मज्जाले मोल्नुपर्छ।
३.
प्लास्टिकको पोका बनाउने
१५ इन्च लम्बाई र ७ इन्च चौडाई भएको प्लास्टिकको थैलामा राम्रोसंग मिश्रण गरिएको धुलोलाई हातले थिचेर राख्नुपर्छ। उक्त प्लास्टिकको मुखनेर अलिकति भाग छोडि हावा सन्चालनको लागि सोही प्लास्टिकै प्रयोगमा घाटिं बनाउनु पर्छ।

४.
स्टेरिलाइज गर्ने( रोग किटाणु रहित पार्ने)
माथि बनाइएका प्लास्टिकको पोकालाई किटाणु र रोग रहित बनाउनको लागि ड्रममा राखेर १-२ घण्टासम्म बफ्याउनुपर्छ। स्टेरिलाइज गर्न अाजकाल नयां प्रविधि अटोक्लेभ पनि प्रयोग हुने गरेको पाईन्छ।

५. बीउ
राख्ने र कोठाको व्यवथापन
च्याउ खेति गर्ने कोठा सफा र अँध्यारो हुनुपर्छ। कोठा सफा विभिन्न किटनासक अौषधी र पानिको घोलले गर्नुपर्छ। किटनासक अौषधी बीउ राख्नु भन्दा दुई हप्ता अघि प्रयोग गर्नुपर्छ। बीउ रोप्दा प्लास्टिकको घाँटी खोलेर हाल्ने र राम्रोसँग बन्द गरेर कोठाभित्र ३-४ महिनासम्म राख्नुपर्छ।

प्लास्टिकको थैलाहरु विस्तारै बिस्तारै सेतो ढुसिले फैलिदै जान्छ र समय समयमा मुख
खोल्ने गर्नुपर्छ जसको कारणले हावा सजिलैसंग भित्र पस्छ। सेतो ढुसि खैरो रंगमा
परिवर्तित हुन्छ र विमिराहरु देखिन थाल्छ।
७.
प्लास्टिक निकाल्ने
विमिराहरु देखिनथाले पछि प्लास्टिकलाई हटाउनु पर्छ र पोकालाई भुईमा राख्नुपर्छ। दिनको दुई पल्ट उक्त थैलामा पानि हाल्नुपर्छ। करिव एक साता पछि च्याउ खान र बजारमा बेच्न योग्य हुन्छ।

८. च्याउ
टिप्ने
यसरी तयार भएको च्याउ काठको धुलो नअाउने गरि हातले थिचेर टिप्नुपर्छ।

Comments
Post a Comment