सिताके च्याउ (Lentinula edodes) काठको मुढाबाट गरिने खेति विधि
सिताके च्याउ (Lentinula edodes)
परिचय
सिताके च्याउको सबैभन्दा पहिले र अाजसम्म सबैभन्दा धेरै उत्पादन हुने देश भनेर चीनलाई चिनिन्छ। अहिले विश्वका विभिन्न देशहरु जर्मनी, अष्ट्रेलिया, भारत, मलेसिया, भुटान, अादि देशहरुले पनि खेति गर्ने गरेको पाईन्छ।
नेपालको पहाडि भेगको जंगलमा पनि भेटिने गरेको सिताके च्याउलाई विभिन्न नामले चिनिने गरिन्छ। मृगको छालाजस्तो रङ हुने हुदाँ यसलाई मृगे च्याउ भन्ने गरिन्छ। काठको मुढामा फल्ने हुदां मुढे च्याउ पनि भन्ने गरेको पाइन्छ। यसको छाताको बाहिरी सतहको रङ कलेजी र खैरो हुने र त्यसमा सेता थोप्लाहरु देखिने गर्दछ। पहिले पहिले जङ्गलका मुढाहरुमा भेटिने र त्यहिबाट उपयोग गरिने गरेको तथ्य भेटिएको छ भने अाजभोलि यसको व्यवसाहिक खेति हुन थालेको छ।

उत्पादन
पद्धति
यसको खेति दुई तरिका एउटा काठको मुढामा खोपेर र अर्को काठको धुलो वा भुसाको प्रयोग गरेर गर्ने गरिन्छ।

काठको मुढाबाट
गरिने खेति विधि
१. काठको मुढा छनौट र काट्ने विधि
- छनौट
गरिएको मुढाको उमेर पाँच देखि अाठ बर्ष र १ मिटर लामो, १५-२० सेन्टिमिर गोलाई र
सरदर १० किलोसम्म हुनुपर्ने,
- छनोट गरिएको
मुढा र बोक्रामा चोट नपारिकन, बोक्रा नफालि जाडो महिना वा मंसिरको अन्तिम हप्ता
काट्दा उपयुुक्त हुने,
२. मौसमि अावश्कता
- जाडो महिनामा काठको मुढामा च्याउ रोप्ने र रोप्ने बेलाको तापक्रम १५-२० डि से
र सापेक्षित अार्द्रता ७०-८० प्रतिशत हुनुपर्ने,
३. मुढा सुकाउने
विधि
- खटान गरिएको मुढा सिधै घाममा नपर्ने गरि छहारीमा करिब ४० प्रतिशत चिस्यान नअाउदासम्म ३-४ हप्तासम्म सुकाउने,

४.प्वाल पार्ने
विधि
-काठमा प्वाल पार्दा पहिलो लाइनमा ५-६ सेन्टिमिटरको फरकमा काठको टुप्पो देखि फेदसम्म लगातार प्वाल पार्ने र द्रोस्रो लाइनमा प्वाल पार्दा पहिलो लाइनको करिब २-३ सेन्टिमिटरको तलबाट प्वाल पार्ने

५. बीउ रोप्ने
विधि
- काठको धुलोमा बिउलाई राखि हातको अौलाको सहायताले प्वाल भरिने गरि बिस्तारै थिच्ने र प्वाल भरिसकेपछि भाडोमा तताएको महिनले प्वाल टाल्ने,

६.मुढाको हेरचाह
विधि
- बीउ रोपिसकेपछि मुढालाई धेरै घाम नलाग्ने ठाउँ , छहारी भएको ठाउँ, रुखको छहारि वरिपरि राख्नुपर्ने,

- महिनादिन पछि
तह-तह गरेर चार चोसो बनाएर चाङ लगाई दिनको एकपल्ट पाइप वा हजारीले चोट नपुग्ने गरि
पानी हालेर राख्ने,
-फेरि एक महिनापछि
काठलाई तलको माथि माथिको तल पल्टाई ९ महिनासम्म हेरचाह गरि राख्ने,
७. च्याउ फलाउने
विधि
- जब ढुसि काठमा देखिन थालेपछि मुढालाई पहिले जस्तो भुईमा नराखि बासको सहायताले दुबै पट्टि ठाडो पारेर दायाँबायाँ राख्ने,

-मुढा राखिएको
छहारि नजिकै पोखरी खन्ने र उक्त मुढालाई ठाडोपारि १२-२४ घण्टासम्म पानिमा डुवाउने
र फेरि पहिले जस्तै बासमा ठाडो पारेर मुढालाई दिनदिनै अोसिलो हुनेगरि पानी राख्ने,
-यसो गरेको केही
दिनपछि च्याउ उम्रिन थाल्छ र ५-६ दिनमा खान र बजारका बेच्न योग्य हुन्छ।
यस खेतिको लागि
मुख्यतह मंसिरमा काठ काट्ने, पुसमहिनाभरि सुकाउने र माघ लागेपछि बीउ रोप्दा राम्रो
हुन्छ।
बीउ रोप्नलाई अावश्यक सामाग्रीहरु:
१.उपयुक्त कटान गरिएको काठ
१. काठ प्वाल पार्ने मिसिन
२. मैन, मैन पगाल्ने भाडा
३. सिन्कोमा बेरेको कपडा महिन लगाउन
तयारकर्ता
अशोक पन्त, लम्जुङ कृषि क्याम्पस
Comments
Post a Comment