मलेखु समृद्धिको अाधार
मलेखु समृद्धिको अाधार
मलेखु बजार अाफैमा प्रकृतिको अनुपम बरदानको रुपमा रहेको देखिन्छ। विभिन्न अग्ला होचा हरियाली डाडाँकाडाले ढाक्दै गणेश हिमालको सिरको चिसो हावाको उल्लासपुर्ण वातावरणमा मलेखु खोला, थोपलखोला र त्रिसुली नदिको समिश्रणले थप रमणियताको अाभास प्रधान गर्छ। यहाँ अवस्थित यी सम्पुर्ण प्राकृतिक स्रोत साधनलाई अधिकतम प्रयोग गरि अाजको मलेखु माछाबजारलाई मलेखु माछासहर र उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिन्छ। मलेखु बजार अाज माछाको रुपमा बढि परिचित छ तर यहाँ रहेको अरु बहुअायमित स्रोतहरुलाई उपयोग गर्न सकेको खण्डमा अझै विश्वसामु अाफ्नो दरिलो परिचान विकास गर्न सक्छ।मलेखु समृद्धिको अाधार
१. त्रिसुली, मलेखु र थोपल खोलामा प्राप्त गरिने स्थानिय माछाको पहिचान, संरक्षण, पोखरी निर्माण, खोलामा जालिको सहायताले माछा उत्पादन, स्थानिय माछाको भुरा उत्पादन र व्यवस्थापन, विभिन्न माछा उत्पादन केन्द्रको निर्माण, माछा पकेट क्षेत्रको रुपमा मलेखुलाई विकास जसको कारणले अाज भईरहेको ठूलो धनरासि माछा खरिदमा रोकिन गई सहज ढङ्गबाट बाह्र महिनानै मलेखु बजारमा स्थानिय खोलाबाट माछाको सहज आपूर्ति,
२. बार्षिक रुपमा मलेखु माछा उत्सवको रुपमा त्रिसुलीको किनारामा सन्चालन, सम्पुर्ण माछाका प्रकारहरुमात्र उक्त उत्सवमा विभिन्न स्टल मार्फत पर्दशनी, सम्पुर्ण होटेलहरु नदिको किनारामा, अाफैले बल्छि मार्फत माछा मार्ने उक्त माछा स्टलवालाको सहयताले पकाउने र खाने, River rafting गर्दै माछा खाने, मलेखु खोलाको किनारमा swimming pool र swimming गर्दै माछा खाने, त्रिसुली नदि पारि rock climbing गर्दै माछा खाने, होम पिक्निक गर्न स्टलको व्यवस्था लगायत विशेषतालाई समेटि नितान्त माछा उत्सव सन्चालन गर्ने जसको कारणले पर्यटन अागमन र मलेखुबजारलाई चिनाउने अर्को अाधारशिला खडा,
३. माछाकै लागि प्रसिद्ध मलेखुबजारमा विभिन्न प्रकारको माछाकाे उत्पादन,संरक्षणका साथ माछा संग्रहालयको स्थापना, माछा अध्ययन, खोज अनुसन्धानस्थलको रुपमा विकास,
४. वरिपरि रहेको मठमन्दिरमा र पर्यवरणमा treaking route जस्तै मलेखु सिद्धलेख treaking route, मगरगाउँमा होम स्ट्रे जसको कारणले बाहृय पर्यटनको विकास,
५. मलेखु बजार वरिपरि प्राप्त गरिने स्थानिय सामाग्री जस्तै लोकल मास, भट्टमास, पिँडालु, तरुल, स्वादिष्ट स्थानिय चामल, स्थानिय विसादि रहित फलफुल, बिसादि रहित तरकाली, मह, जडिबुटी, अादिको संरक्षण तथा विश्वासनिय तरबले बजारिकरण जसको कारणले मलेखुवजार लोकलसामग्रीको गन्तव्यस्थल,
६. मलेखु खोला र त्रिसुलीको किनारमा रहेको भद्रकाली मन्दिर परिसरमा धार्मिक पर्यटन अागमनलाई व्यवस्थित बनाई भद्रकालीधामको रुपमा विकास गर्ने, धर्म,भाषा र संस्कृतिको जगेर्ना गर्न सँस्कृत महाविद्यालयको निर्माण, भजनकिर्तन मार्फत जेष्ठ नागरिकलाई उर्जासिल जीवनयापनका लागि सहज वातावरण बनाउन महायज्ञ, यज्ञ, धार्मिक ज्ञान अादानप्रधान,
७.निर्माणधिन चीनको रसुवागढि नाका देखि गल्छि हुँदै चितवन भण्डारा भारतको रक्सोल नाका वा ठोरी नाका जोड्ने सडक मुख्यगरि मलेखु नै भएर जाने हुँदा मुख्य ट्रान्जिट रुटको रुपमा विकास हुन सक्ने सम्भावना र अन्तरास्ट्रिय ट्रेड सिन्टरको रुपमा मलेखुको विकास,
८. काठमाडौं नजिक रहेको र प्रसिद्धि कमाएको मलेखु घुमघाम तथा परिवारिक पिकनिकको लागि राम्रो गन्तव्यस्थल,
९. चटानको अध्ययनका लागि विभिन्न विश्वविद्यालय एंबम् क्याम्पसहरुबाट मलेखु अाउने हुँदा जीअो पार्कको रुपमा मलेखुलाई स्थापना गरि अध्ययनस्थल बनाई विश्वको ध्यान केन्द्रीत गर्न सकिने,
१०. विभिन्न विषयमा दक्षता हासिल गरेका मावन संसाधन स्थानिय युवा जनसक्तिको पहिचान,पोत्साहन, हौसला स्थानिय विकासका लागि उनिहरुको ज्ञान,विवेकको सहि उपयोग, हरेक जनसक्तिका लागि अाफ्नो जन्मभुमि र कर्मभुमका विकासका र परिवर्तनका लागि हप्ताको एक दिन अथवा महिनाको दुईदिन,
११. शिक्षा क्षेत्रको विकासका लागि अावसिय विभिन्न विषयमा मास्टर डिग्रीसम्म अध्ययनरत क्याम्पस, राजमार्गकै लागि अत्याधुनिक मेडिकल कलेजसहित अस्पताल, स्वच्छ खानेपानीको व्यवस्था, रोजगारीका लागि व्यापारव्यबसाय, कृषिमा अाधुनिकिकरण, स्रोत साधनको दिर्गकालिन तवरले उपयोग, पक्की चार लेनको सडकको निर्माण, व्यवस्थित बस्ति विकास,
तयारकर्ता
अशोक पन्त




Comments
Post a Comment