सिताके च्याउ व्यवसायी सुरेश पन्त भन्नुहुन्छ "हामी देश र अाफन्तका बोझ होइनौं, सिर्जना र समृद्धिका प्रतीक हौँ"
गजुरीगाउँपालिका-२, छेपाङ भन्ने गाउँमा बसोवास गर्ने सुरेश पन्त ३४ बर्षमै अाज नमुना च्याउ खेति अभियान्ताको रुपमा गाउँमै परिचित भएका छन्। उहाँले गाउँमा भएका बेरोजगार युवाहरुलाई यस व्यवसायमा लाग्न पनि पोत्साहन गर्दै अाउनु भएको छ। रोजगारीको सिलसिलामा नुवाकोट जिल्लामा भईरहेको विद्दुत विस्तार पोर्जेक्टमा काम गर्दै गर्दा ७ बर्ष अघि विजुलीको पोलबाट खसेर उहाँ घाइते हुनु भएको थियो। डाक्टरको जानकारी अनुसार उहाँको मेरुदण्डको हड्डि भाचिएको र कम्मर भन्दा तल नचल्ने हुदाँ हुइल चियरको सहयोग चाहिने भयो। २७ बर्षको जोस, जागँरले भरिएको उमेरमा अाफु अशक्त हुन पुगेपछि उहाँको जीवनमा नैराश्यता छाउन थाल्यो। जीवन कसरी विताउने भन्ने चिन्ताले पिरोल्न थाल्यो। के काम गर्ने, कसरी जीवनलाई अघि बढाउने भन्ने समस्याले दिनँहुदिन सोच्न र चिन्तन गर्न थाले। उहाँले अाफ्नो दिनचर्या टि.भि. हेर्ने, किताब पढ्ने, अाफ्नो छरछिकेक साथिभाईसँग गफ गर्ने , घरमै बसेर गर्न सक्ने कार्यहरु गर्दैमा वित्न थाल्यो।
समय वित्दै गयो नयाँ नयाँ सोच त जीवनमा अाउथ्यो तर विडम्बना ती सोचहरु अाफु अशक्त भएकै कारण मरेर जान्थ्यो। साथिभाई हुदां त गफ गर्ने मेसो मिल्थ्यो तर सधैं दिनहु कामै छोडेर उनिहरु कहाँ अाउथे र! कहिले कहिले त दिनभरि एक्लै टोलाएर बस्नु पर्थ्यो। चाडपर्व हुदाँ गाउँमा सबै अाउने र गाउँ नै रमाइलो हुने, सबैलाई भेट्न पाउने उहाँ अाफ्ना मनको भावना यसरी व्यक्त गर्नुहुन्छ। एकदिन उहाँले टि.भि. हेर्ने क्रममा कृषि कार्यक्रममा सिताके च्याउ सम्बन्धि उहाँका लागि नयां र नौलो खेति विधि देख्नु भयो। उक्त खेतिमा काठको मुढामा खोपेर गरिने च्याउ खेति अनौठो लाग्यो। उहाँलाई यस खेति गर्ने अभिरुचि त जाहेर भयो तर अाफु अशक्त भएकै कारण खेति गर्न नसकिने होकि भन्ने प्रश्न बाचक चिन्ह खडा भयो। एउटा अठोटका साथ यस खेति गर्ने अभिलाशाका साथ कार्यक्रम संचालकलाई फोन गरि जानकारी लिनुभयो। कार्यक्रम सन्चालकले च्याउ खेतिका लागि सम्पर्क गर्न च्याउ व्यवसाय एंवम् सिताके च्याउका खेतिका उभियान्ता धर्मराज थापासंग जानकारी लिन सल्लाह दिए।
नयाँ सोचका साथ जोस,जाँगर बोकेर केही गर्ने हिम्मतका साथ सिताके च्याउका अभियान्ता एबम् व्यवसायी धर्मराज थापासँग सम्पर्क गर्नुभयो। उहाँका लागि च्याउका बीउ र खेति गर्ने विधि र केही कितावहरु उपलब्ध भयो। अाज उहाँ परिक्षणको रुपमा लगाईएको धादिङको गजुरीगाँउपालिका-२, छेपाङमा अाफ्नै निवासमा व्यक्तिगत लगानीमा करिव १५० कटुसको मुढामा सफल परिक्षण र यसको व्यबसाहिक सुरुवात गर्न सफल हुनुभएको छ। पहिले पहिले काठको मुढामा नि च्याउ फल्छ र भन्नेहरु अाज च्याउको अडर दिनु अाउने उहाँ भन्नुहुन्छ। हाल यस च्याउको मूल्य किलोको पन्ध्र सय देखि दुई हजारसम्म बजारमा रहेको छ। अायस्रोत गतिलो हुने हुदाँ विदेशिन लागेका युवाहरुलाई अाफ्नो गाउँघरमा बसि यस व्यवसाय गर्न पोत्साहन गर्नुहुन्छ। यदि अाफुमा दृढसंङकल्प र इच्छाशक्ति भए जस्तो काममा पनि सफलता मिल्न सक्ने उहाँ बताउनुहुन्छ। सुरु सुरुमा अफ्ठेरो भएपनि अहिले अाफुलाई उत्पादनसंगै थप उर्जा मिलेको र भविष्यमा यसलाई थप विस्तार गर्ने योजनामा उहाँ हुनहुन्छ।
अाजसम्म कोहि कतैबाट सहयोग नमिलेको र हौसला दिने पनि कोहि नभेटिएको उहाँ मलिन भएर बताउनुहुन्छ तर अाफुले हौसला कहिले नहार्ने भन्दै दृढ संकल्प उहाँ राख्नुहुन्छ। अाफ्नो व्यवसायलाई थप अघि बढाउन चाहेका उहाँ सहयोग र सद्भावका लागि सबैमा आग्रह गर्नुहुन्छ। देशभरि अाफु जस्तै अशक्त भएका अाफ्ना सहपाटिहरुलाई हिम्मत नहार्न र सिर्जनशिल सोच,विचारका साथ अघि बढ्न अावह्वान गर्दै "हामी देश र अाफन्तका बोझ होइनौं, सिर्जना र समृद्धिका प्रतीक हौँ" उहाँ भन्नुहुन्छ।
Comments
Post a Comment