Posts

सरकारी कृषि क्याम्पसको प्रतिस्पर्धा के र कसका लागि???

Image
        कृषि तथा वन विश्वविद्यालय हुनुपर्छ भन्ने माग सबैको थियो र छ पनि! प्राबिधिक शिक्षालाई छुट्टै विश्वविद्यालय मार्फत संचालन गरिनुपर्छ भन्ने पनि सबैको एकैरुपको धारणा बन्न जान्छ र सहमत पनि हुन्छन्। तर अाज विगत ४० वर्ष अघि खुलेको त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको कृषि र पशु विज्ञान अध्ययन संस्थान एवम् बन विज्ञान अध्ययन संस्थान अार्थिक संकट र अपुग स्रोत साधनले गुज्रिरहेको छ। यसका साक्षि यस संस्थानसंग केही लाभ लिएर बसेका बाहेक अरु सबै छन् र उनिहरु अाफ्नै पिर मर्काका साथ बाध्यता बस् बन्नुपरेको छ।          कृ.प.वि.अ.सको विगतमा रामपुर, लम्जुङ र पक्लिहवा क्याम्पस रहेको थियो त्यसै गरि वन विज्ञान अध्ययन संस्थानको हेटौंडा र पोखरामा रहेको छ। कृ.प.वि.अ.स.ले रामपुरमा डिन अफिस रहि ३ वटा क्याम्पस संचालनमा अाएको जस अन्तरगत २०८को संख्यामा विद्यार्थीलाई अध्यापन गराउने गरेको थियो तर सन् २०११ पछि त्रि.वि.को अाफ्नै सम्पति रहेको रामपुर क्याम्पस एक्कासि मन्त्रीपरिसदको निर्णय मार्फत कृषि र वन विश्वविद्यालय संचालनमा अायो यससँगै रामपुरसंग त्रि.वि.को गर्विलो ईतिहास त्यसै मिटिदै गयो। रामपुर कृषि र

मलेखु समृद्धिको अाधार

Image
मलेखु समृद्धिको अाधार          त्रिसुली नदिको समिपमा चिसो गणेश हिमालको वायुसँगै मलेखु खोला बगरमा अवस्थित ती सेतामै ढुङ्गा र कलकल बगेको पानिमा पौडदै स्वादिला माछाका साथमा रम्दै गर्दा जो कहिको मन अवस्थ लोभिन्छ। पृथ्वी राजमार्गसँग जोडिएको मलेखु माछा बजार अान्तरिक तथा बाह्य पर्यटन प्रबर्ध्दनमा महत्त्वपुर्ण भुमिमा निर्वाह गरि अाज नेपालमा मात्र नभई विश्व सामु प्रसिद्धहुँदै गईरहेको छ। मलेखु माछाबजारको सुरुवात पृथ्वी राजमार्गको निर्माणसँगै भएको बताइन्छ। मलेखु खोलासँगै त्रिसुलीको किनारमा माछाहरु प्रशस्त पाइने गरेको र उक्त माछा अत्यन्त स्वादिष्ट हुने हुदाँ पहिले पहिले घरायसी खानाका लागि बल्छि, जालको प्रयोग गर्ने गरेको स्थानिय जेष्ठ बाअामाहरु बताउने गर्नुहुन्छ। उक्त माछाको स्वाद मलेखु बजारमा अागन्तुक पाहुनाहरु माझ लोकप्रिय हुँदै गएपछि बिस्तारै माछा मार्ने र सडकका पेटिहरुमा माछा सिन्कामा उनेर अागोको रापले सिन्की बनाएर बेच्ने गरेको दृष्टान्त उहाँहरु बताउनुहुन्छ। तर पृथ्वी राजमार्गको स्थर उन्नति र गाडिको सडकमा चापसंगै माछाको माग बजारमा बढ्दै गएपछि होटेलहरु खुल्न थालेका र मलेखु माछाबजारको रुपमा

सिताके च्याउ व्यवसायी सुरेश पन्त भन्नुहुन्छ "हामी देश र अाफन्तका बोझ होइनौं, सिर्जना र समृद्धिका प्रतीक हौँ"

Image
                                  गजुरीगाउँपालिका-२, छेपाङ भन्ने गाउँमा बसोवास गर्ने सुरेश पन्त ३४ बर्षमै अाज नमुना च्याउ खेति अभियान्ताको रुपमा गाउँमै परिचित भएका छन्। उहाँले गाउँमा भएका बेरोजगार युवाहरुलाई यस व्यवसायमा लाग्न पनि पोत्साहन गर्दै अाउनु भएको छ। रोजगारीको सिलसिलामा नुवाकोट जिल्लामा भईरहेको विद्दुत विस्तार पोर्जेक्टमा काम गर्दै गर्दा ७ बर्ष अघि विजुलीको पोलबाट खसेर उहाँ घाइते हुनु भएको थियो। डाक्टरको जानकारी अनुसार उहाँको मेरुदण्डको हड्डि भाचिएको र कम्मर भन्दा तल नचल्ने हुदाँ हुइल चियरको सहयोग चाहिने भयो। २७ बर्षको जोस, जागँरले भरिएको उमेरमा अाफु अशक्त हुन पुगेपछि उहाँको जीवनमा नैराश्यता छाउन थाल्यो। जीवन कसरी विताउने भन्ने चिन्ताले पिरोल्न थाल्यो। के काम गर्ने, कसरी जीवनलाई अघि बढाउने भन्ने समस्याले दिनँहुदिन सोच्न र चिन्तन गर्न थाले। उहाँले अाफ्नो दिनचर्या टि.भि. हेर्ने, किताब पढ्ने, अाफ्नो छरछिकेक साथिभाईसँग गफ गर्ने , घरमै बसेर गर्न सक्ने कार्यहरु गर्दैमा वित्न थाल्यो।             समय वित्दै गयो नयाँ नयाँ सोच त जीवनमा अाउथ्यो तर विडम्बना त

सिताके च्याउ काठको धुलोबाट खेति गर्ने विधि

Image
सिताके च्याउ   सिताके च्याउलाई मुढामा खोपेर मात्र नभई मुढाको धुलोबाट पनि खेति गर्न सकिन्छ। यसरी विभिन्न फर्निचरबाट निस्केको काठको धुलोलाई सहि उपयोग गर्ने माध्यम यो प्रविधि बन्न सक्छ। विशेषगरि कडा जातका काठ छनोट गरि यसबाट निस्केको धुलोलाई प्रयोग गरेर गरिएको खेति राम्रो मानिन्छ। मलेसियामा खयर जातको काठको धुलोमा, सिगांपुरमा अोखर जातको काठको धुलोमा र अन्य देशहरुमा स्थानिय स्थरमा पाइने विभिन्न काठको प्रजातीहरुको धुलो बनाई प्रयोग गर्ने गरेको भेटिएको छ। नेपालमा पनि यस प्रविधिबाट खेति गरेको खण्डमा सःमिल तथा फर्निचरबाट निस्केको धुलोको सहिसंग उपयोग भई स्वरोजगार बन्न सकिने देखिन्छ। अाज थुप्रै युवाहरु बेरोजगारीको कारणले विदेशिनु परिराखेको अवस्थामा यस विधिबाट गरिएको च्याउ खेति गतिलो अायस्रोतको बाटो बन्न सक्छ। काठको धुलोमा  सिताके च्याउ  खेति गर्ने विधिहरु १. काठको छनौट र धुलोको व्यवस्था सिताके च्याउ खेतिको लागि कडा खाले काठका जातहरु जस्तै उत्तिस, साल,जामुन,सिसौ,कुसुम,कटुस,सौर अादि प्रयोग गरिन्छ। उपयुुक्त काठको छनोट गरिसकेपछि काठको धुलो निकाल्नु पर्छ। यसका लागि सःमिल तथा फर्निचर र अन

सिताके च्याउ (Lentinula edodes) काठको मुढाबाट गरिने खेति विधि

Image
सिताके च्याउ (Lentinula edodes) परिचय सिताके च्याउको सबैभन्दा पहिले र अाजसम्म सबैभन्दा धेरै उत्पादन हुने देश भनेर चीनलाई चिनिन्छ। अहिले विश्वका विभिन्न देशहरु जर्मनी, अष्ट्रेलिया, भारत, मलेसिया, भुटान, अादि देशहरुले पनि खेति गर्ने गरेको पाईन्छ। नेपालको पहाडि भेगको जंगलमा पनि भेटिने गरेको सिताके च्याउलाई विभिन्न नामले चिनिने गरिन्छ। मृगको छालाजस्तो रङ हुने हुदाँ यसलाई मृगे च्याउ भन्ने गरिन्छ। काठको मुढामा फल्ने हुदां मुढे च्याउ पनि भन्ने गरेको पाइन्छ। यसको छाताको बाहिरी सतहको रङ कलेजी र खैरो हुने र त्यसमा सेता थोप्लाहरु देखिने गर्दछ। पहिले पहिले जङ्गलका मुढाहरुमा भेटिने र त्यहिबाट उपयोग गरिने गरेको तथ्य भेटिएको छ भने अाजभोलि यसको व्यवसाहिक खेति हुन थालेको छ। उत्पादन पद्धति  यसको खेति दुई तरिका एउटा काठको मुढामा खोपेर र अर्को काठको धुलो वा भुसाको प्रयोग गरेर गर्ने गरिन्छ। काठको मुढाबाट गरिने खेति विधि १. काठको मुढा छनौट र काट्ने विधि - छनौट गरिएको मुढाको उमेर पाँच देखि अाठ बर्ष र १ मिटर लामो, १५-२० सेन्टिमिर गोलाई र सरदर १० किलोसम्म हुनुपर्ने, - छनोट गरिएको